सहकारी छानबिन समितिले गर्‍यो पूर्वसचिवसँग छलफल

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ ।

समितिले पूर्वमहालेखापरीक्षकतथा पूर्वरजिस्ट्रार टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्धय गोपीनाथ मैनाली र डा। दामोदर रेग्मीसँग छलफल गरेको हो ।

‘सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी संकटलगायत विभिन्न संरचनाहरूको स्थापना लगायत संरचनाहरूको कानुनी एवं व्यवहारिक अभ्यास र अनुभवको सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको छ’,सभापति सूर्य थापाको भनाइ छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार