नेपाल क्लियरिङ हाउसको सबै सेवामा भ्याट लाग्ने

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सञ्चालन गर्ने सेवाहरूको कारोबार शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ । मंगलवार नेपाल क्लियरिङ हाउसले एक सूचना जारी गर्दै एनसीएचएलले आफ्ना सेवाको कारोबार शुल्कमा भ्याट लाग्ने जानकारी दिएको हो ।

सरकारले आर्थिक ऐन, २०८१ मा एनसीआईटीले प्रदान गर्दै आएको समासोधन गृह (क्लियरिङ) सेवालाई मूल्य अभिवृद्धि कर छुट सूचीबाट हटाएकाले आफूले सम्पूर्ण सेवाहरूमा मूल्य अभिवृद्धि कर लिने एनसीआईटीले उल्लेख गरेको छ । मंगलबार राष्ट्रपतिबाट आर्थिक बिधेयक स्वीकृत गरेसँगै एनसीएचएलको सबै सेबामा भ्याट लाग्ने भएको हो ।

एनसीएचएलले यो व्यवस्था सम्बन्धी थप जानकारी लिन सम्बन्धित बैंक वित्तीय संस्थाहरूमा सम्पर्क गर्न भनेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार