बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह

काठमाडौं । बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन नेपाली दूतावासले आग्रह गरेको छ। बंगलादेशमा सरकारी जागिरमा रहेको आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको आन्दोलनले हिंसात्मक रूप लिए सँगै नेपाली विद्यार्थीलाई सुरक्षित रहन नेपाली दूतावासले आग्रह गरेको हो ।

कोटा विरोधी प्रदर्शन हिंसात्मक बनेपछि अहिले बङ्गलादेशमा सम्पूर्ण सरकारी र निजी विश्वविद्यालय, शैक्षिक संस्थाहरू तत्कालको लागि बन्द रहेको छ ।

त्यसलाई मध्यनजर गर्दै ढाकास्थित नेपाली दूतावासले अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन भनेको छ ।

आन्दोलनका क्रममा ६ जनाको मृत्यु भएको र सयौं घाइते भएको बीबीसीले जनाएको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि देशभरका विद्यालय र विश्वविद्यालय बन्द गरिएको छ ।

आन्दोलनकारीहरूले आरक्षण प्रणाली भेदभावपूर्ण भएको तर्क गरेका छन् । सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने उनीहरूको माग छ । सन् १९७१ देखि बंगलादेशको सरकारी जागिरमा विभिन्न समूहलाई आरक्षण दिइएको छ । बंगलादेशलाई पाकिस्तानबाट स्वतन्त्र बनाउने आन्दोलनमा लडेका व्यक्तिको सन्तान, महिला, जातीय अल्पसंख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि आरक्षणको व्यवस्था छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार