CLI

२३ विन्दुमा नेप्से परिसूचक, १२ अर्ब पुग्यो कारोबार

काठमाडौं । सेयर बजार उकालो लाग्ने क्रमले निरन्तरता पाएको छ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३९४.६३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.२५ अंकले बढेर ४१९.७७ विन्दुमा पुगेर बन्द भएको छ ।
बुधबार २०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बुधबार ३०६ वटा कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँ रह्यो ।

बुधबार समूह उपसूचकहरु मध्ये शतप्रतिशत समूहको सेयर मूल्य बढेको छ । बैकिङ २६.२३, विकास बैंक १९०.४७, वित्त १४६.०२, होटल र पर्यटन ३२०.२७, जलविद्युत ५०.२०, लगानी १.३१, जीवन बीमा २४२.२६, उत्पादन र प्रशोधन २०७.९१, म्युअुचल फन्ड ०.०१, निर्जीवन बीमा ३८२.४१, व्यापार २२९.०७ र अन्य समूह २३.५५ अंकले बढेको छ ।
बुधबार सबैभन्दा बढी कारोबार हुनेमा सिगटी हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रह्यो । सिगटी हाइड्रोपावर लिमिटेडको २३ करोड ५५ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २२ करोड ७१ लाख रुपैयाँ, सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको २० करोड ३५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको २० करोड २७ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १९ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

बुधबार सेन्ट्रल फाइनान्स कम्पनी, सिंगटी हाइड्रो इनर्जी, आँखु खोला जलद्यिुत कम्पनी र मन्दाकनी हाइड्रोपावर लिमिटेड कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिटिजन्स म्युअुचल फन्ड, नेपाल इन्भेष्टमेन्ट मेगा डिबेन्चर, नेपाल इन्भेष्टमेन्ट स्टेबल फन्ड, कुमारी बैंक डिबेन्चर र सिद्धार्थ बैंक डिबेन्चरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Leave Your Comment

Related News