रियलमीको टप पर्फर्मिङ ट्रायो भएको जिटि सिक्स टि नेपाली बजारमा आउँदै

Garima_Business-Loan3

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी जिटि सिक्स टि (realme GT 6T) नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ । टेक स्याभी र ट्रेन्ड सेटर पुस्तालाई ध्यानमा राखेर रियलमी जिटि सिक्स टिको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

कटिङ एज डिजाइन र रेभोल्युसनरी टेक्नोलोजीको साथ आउन लागेको यस रियलमी जिटि सिक्स टिले प्रयोगकर्ताहरुको मन जित्ने कम्पनीले विश्वास लिएको छ । यो फोन पर्फर्मेन्सको पावर हाउस मात्र नभएर सोफिस्टिकेसनको स्टेटमेन्ट पनि हो । स्न्यापड्रयागन सेभेन प्लस जेन थ्री फ्ल्यागशिप चिपसेटले फोनको हरेक काम चुस्त बनाउँछ । यो अहिले सम्मको लेटेस्ट स्न्यापड्रागन चिपसेट हो । त्यस्तै ६००० निट्सको हाइपर डिस्प्लेले तस्बिर तथा भिडियोको हरेक डिटेलहरुलाई जीवन्त तुल्याउँछ । यो अहिलेसम्म बजारमा उपलब्ध स्मार्टफोन मध्य सबैभन्दा धेरै डिस्प्ले हो ।

साथै रियलमी जिटि सिक्स टिमा भएको सोनी ओआइएस्को ५० एमपिको क्यामराले उत्कृष्ट फोटो तथा भिडियो लिन प्रयोगकर्ताहरुलाई सहज हुनेछ भने यसको एआइ फ्रेम स्टेबिलाइजेसन टेक्नोलोजी २.० ले स्मूथ र क्लियर भिडियो लिन सक्छ । यसको क्यामरामा भएको फ्ल्यागशिप लेभलको हाइपर टोन इमेज एन्जिनले स्मार्टफोन फोटोग्राफिलाई नयाँँ उचाइ प्रदान गर्छ । ५५०० एमएएचको शक्तिसाली ब्याट्रि भएकोले ८ घण्टासम्म निरन्तर गेम खेल्न सकिन्छ ।

रियलमी जिटि सिक्स टि नेपालभरका सबै आधिकारिक खुद्रा विक्रेताहरूमा हिजोदेखि साउन ५ गते सम्म प्रिबुकिङका लागि उपलब्ध छ । साथै यो अवधिभर ग्राहकहरूले रियलमी जिटि सिक्स टिको खरिदमा रु ५,४९९ मूल्यको रियलमी बड्स टि ३०० प्राप्त गर्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार