एनवाइफ ललितपुरको तेस्रो वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै  सम्पन्न

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाइफ) ललितपुरको तेस्रो वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।  एनवाइफ नेपाल उद्योग वाणिज्य महासंघ आबद्ध संगठन हो। एनवाइफ ललितपुर च्याप्टरको भिजन मिसन र उद्देश्य भनेको युवा उद्यमीहरूलाई प्रोत्साहन गर्ने रहेको छ । संगठनले युवाहरुको सीप र क्षमताको उत्कृष्ट प्रयोग गर्दै युवा उद्यमीहरूको विकास गर्न र उपलब्ध सञ्जाल र स्रोतहरूको उत्कृष्ट उपयोग गरी देशको आर्थिक मूल्य र वृद्धिलाई सशक्त बनाउने उद्देश्य राखेको छ । साथै,नेपालभरका युवा उद्यमीहरूको विकास गर्ने तथा व्यापार मञ्च सिर्जना गर्ने र थप रोजगारीका अवसरहरू सृजना गर्ने  एनवाइफ अगाडी बढेको छ ।

एनवाइफ ललितपुरका निवर्तमान अध्यक्ष सुविन श्रेष्ठले नवनियुक्त अध्यक्ष नीतु श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए। नव निर्वाचित अध्यक्ष  नीतु श्रेष्ठ एनयस बाइ जेनी फेसनकी संस्थापक हुन् । उनी एक गतिशील र दूरदर्शी युवा उद्यमी हुन् जसले होटल उद्योग र फेसन उद्योगमा विविध व्यवसायिक अनुभव र विशेषज्ञता हासिल गरेकी छिन् । उनको कार्यकाल १ वर्ष को हुनेछ । उनी एनवाइफ ललितपुर शाखाबाट पहिलो महिला अध्यक्ष हुन् । उनको साथमा एल्विस रञ्जितलाई पहिलो उपाध्यक्ष र अनुकुल श्रेष्ठ दोस्रो उपाध्यक्षमा नियुक्त भएका छन् । नव निर्वाचित कार्यसमितिमा  नीतु श्रेष्ठ, अध्यक्ष, एल्विस रंजित- प्रथम भिपी, अनुकुल श्रेष्ठ- दोस्रो भिपी, जश श्रेष्ठ-नवनियुक्त निर्वाचन सदस्य शिखर पाण्डे- सदस्य, निशान ढकाल- सदस्य प्रकिरण श्रेष्ठ- सदस्य  नीरज अग्रवाल- सदस्य, अशङ्क सजब राणा -सदस्य ,पलास जोशी- सदस्य एनवाइफका कुल सदस्यहरू नेपालभर १३ जिल्ला र ७ प्रदेशमा ८०० भन्दा बढी छन् । एनवाइफले नेपालभर ४०,००० भन्दा बढी रोजगारी सिर्जना गर्न योगदान गरेको छ । एनवाइफले आगामी वर्षहरूमा नेपालका सबै जिल्लाहरूमा अझ ठूलो र राम्रो विकास गर्न तत्पर  रहेको बताएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार