सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेर फर्कियो

काठमाडौं । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बुधबार सुन हालसम्मको उच्च मूल्य १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुन प्रति तोला ३०० सय रुपैयाँले घटेर १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यस्तै आज तेजावी सुन प्रति तोला १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

साथै, चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार