शुक्रवारदेखि १०० रूपैयाँमै सूर्योदय वोमी लघुवित्तको एफपीओ

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले शुक्रबारदेखि फर्दर पब्लिक इस्यू (एफपीओ) जारी गर्ने भएको छ। लघुवित्तले १०० रुपैयाँ प्रति कित्तामा एफपीओ जारी गर्नेछ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लघुवित्तलाई असार २३ गते एफपीओ निष्कासन गर्न अनुमति दिएको थियो। कम्पनीले २०८० साल भदौ १८ गते ४६ हजार ७३० कित्ता एफपीओ निष्कासनका लागि नियामक सेबोनमा निवेदन दिएको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था बमोजिम कम्पनीले एफपीओ जारी गर्न लागेको हो । साविक सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था मर्जरपछि सूर्योदय वोमी लघुवित्तवित्तीय संस्थाको रुपमा सञ्चालनमा रहेका छन् । कम्पनीको एफपीओ खरीदका लागि साउन ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने साउन १८ गतेसम्म विक्री लम्बिने जानकारी कम्पनीले दिएको छ । लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै कम्पनीको एफपीओ खरीदका लागिआवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयबाट एफपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन मार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीले एफपीओ निष्कासन प्रयोजनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

गत पुस १९ गतेपछि ठप्प रहेको सार्वजनिक निष्कासन स्वीकृति प्रक्रिया जेठको पहिलो सातादेखि अघि बढेको हो । पछिल्लो समय बोर्डले दुई कम्पनीलाई हकप्रद शेयर , दुई कम्पनीलाई म्युचुअल फण्डको इकाई , एक कम्पनीलाई आईपीओ र एक कम्पनीलाई एफपीओ निष्कासनका लागि अनुमति दिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार