२४ विन्दुले नाघ्योे नेप्से परिसूचक, साढे १५ अर्बको कारोबार

काठमाडौं । सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६.३७ अंकले बढेर ४३६.१४ विन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार १४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बिहीबार ३१२ वटा कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ रह्यो । बिहीबार बजार पूँजीकरण रकम ३८ खर्ब ४६ अर्ब ६९ करोड ७६ लाख रुपैयाँ रह्यो ।

बिहीबार १३ वटा उप समूहहरु मध्ये ११ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी २ वटा समूहको सेयर मूल्य घटेको छ । बैकिङ ८०.४९, विकास बैंक ६३.५१, होटल र पर्यटन ६३.६१, लगानी ०.७७, जीवन बीमा १४६.३१, उत्पादन र प्रशोधन ८३.१९, म्युअुचल फन्ड ०.१८, निर्जीवन बीमा १२३.९२, व्यापार १५.७७ र अन्य समूह ४०.३८ अंकले बढेको छ । वित्त ३५.६९ र जलविद्युत ०.२२ अंकले घटेको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार हुनेमा नेपाल फाइनान्स कम्पनी, अप्पर तामाकोशी जलविद्युत, ङदी ग्रुप पावर, साइन रेशुगां डेभलपमेन्ट बैंक र कुमारी बैंक रहे । नेपाल फाइनान्स कम्पनीको ४२ करोड ४३ लाख रुपैयाँ, अप्पर तामाकोशी जलविद्युतको ३८ करोड ९१ लाख रुपैयाँ, ङदी ग्रुप पावरको ३० करोड ३२ लाख रुपैयाँ, साइन रेशुगां डेभलपमेन्ट बैंकको २७ करोड ९१ लाख रुपैयाँ र कुमारी बैंकको २३ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
बिहबिार सबैभन्दा बढी कमाउनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था र थ्रिस्टार हाइड्रोपावर रह्यो । उक्त पाँच वटा कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । त्यस्तै सबैभन्दा बढी गुमाउनेमा कुमारी सबल योजना, सिन्धु विकास बैंक, गृह्श्ेवरी मर्चेच्न्ट बैंक एन्ड फाइनान्स , एनसीसी बैंक डिबेन्चर र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी रहे । कुमारी सबल योजना ६ प्रतिशत, सिन्धु विकास बैंक ५ प्रतिशत, गृह्श्ेवरी मर्चेच्न्ट बैंक एन्ड फाइनान्स ४ पव्रतिशत , एनसीसी बैंक डिबेन्चर ४ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी ४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार