निर्जीवन बीमा कम्पनीको व्यावसाय ४१ अर्ब, कसको कति?

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब १६ करोड ७२ लाख रुपैयाँको व्यावसाय गरेका छन्। सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले बीमा शुल्क बापत ४१ अर्ब १६ करोड ७२ लाख रुपैयाँ संलकन गरेका छन्।

निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ। शिखर इन्स्योरेन्सले एक वर्षको अवधिमा ५ अर्ब ४७ करोड ३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।

सबैभन्दा कम बीमा शुल्क संकलन गर्नेमा नेशनल इन्स्योरेन्स कम्पनी रहेको छ। नेशनल इन्स्योरेन्स कम्पनीले एक वर्षको अवधिमा १ अर्ब १९ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

यस अवधिमा नेपाल इन्स्यारेन्स कम्पनीले १ अर्ब ५९ करोड ४ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा दि ओरिएन्टल इन्स्यारेन्सले २ अर्ब १६ करोड १५ लाख रुपैयाँ उठाएको छ।
राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड ९९ लाख रुपैयाँ, नेको इन्स्यारेन्सले ३ अर्ब १४ करोड ११ लाख रुपैयाँ र प्रभु इन्स्यारेन्सले १ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।

यस्तै एनएलजी इन्स्यारेन्सले २ अर्ब ५५ करोड २८ लाख रुपैयाँ, हिमालय एभरेष्ट इन्स्यारेन्सले ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँ र सानिमा जिआईसी इन्स्यारेन्सले २ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क मार्फत आर्जन गरेको छ।

साथै सिद्धार्थ प्रिमियर इन्स्यारेन्सले ४ अर्ब १७ करोड ७२ लाख रुपैयाँ, सगरमाथा लूम्बिनी इन्स्यारेन्सले ४ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ, आइजिआई प्रूडेन्सियल इन्स्यारेन्सले ३ अर्ब ६५ करोड ६ र युनाइटेड अजोड इन्स्यारेन्सले २ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार