धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारीमा महेश बराल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षमा महेश बरालले जिम्मेवारी पाएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार बराललाई बोर्डको नेतृत्व दिएका  हुन् । बरालले अर्थमन्त्री बिष्णुप्रसाद पौडेल समक्ष बिहीबार पद तथा गोपनीयताको सपथ लिई पदबहाली गरेका छन् ।

अर्थ मन्त्रालयको साउन २ गतेको निर्णयअनुसार सहसचिव बराल बोर्डको सञ्चालक सदस्य तथा अध्यक्ष बनेका हुन् । मन्त्रीस्तरीय निर्णयानुसार सहसचिव बराल बोर्डको संचालक सदस्यमा मनोनयन भएका थिए ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्ष हैसियतमा काम गर्ने व्यवस्था बमोजिम उनी अध्यक्ष तोकिएका हुन् ।

उनी बोर्ड अध्यक्षको साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रूपमा समेत कार्यरत छन् । यसअघिका अर्थमन्त्री वर्षमान पुनले नरेन्द्र कुमार रानालाई बोर्ड अध्यक्षको जिम्मेवारीसहित खटाएका थिए । अर्थमन्त्री परिवर्तनसँगै बराललाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

पदबहाली गर्दै बोर्ड अध्यक्ष बरालले सूचीकृत संगठित संस्था तथा बजार सहभागीहरूको संस्थागत सुशासन, बोर्ड तथा बोर्डमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, बजारको विकास, विस्तार र स्थायित्वमा जोड दिने बताएका छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार