नेपालको आर्थिक बिकासको लागि आइटीमा जोड दिनुपर्छः वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना रहेको बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले बिहीबार भक्तपुरको टिमीमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको भूपरिस्थितिका कारण अरु क्षेत्रमा भन्दा सूचना प्रविधि क्षेत्रमा विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्ने बताए । मुलुकको विकासको नीति बनाउँदा भूपरिस्थितिलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

गत आर्थिक वर्षमा नेपालबाट १ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात भएको तथा नेपाली श्रम बजारमा हरेक वर्ष १० हजार सूचना प्रविधि विषय अध्ययन गरेका विद्यार्थी थपिने अवस्था रहेको पुनले बताए ।

‘हामी करिब डेढडेढ अर्बको विशाल जनसंख्या र विशाल भूगोल भएका चीन र भारतको बीचमा छौं । यस्तोमा हामीले प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र भनेको आइटीमा हो’, पुनले भने, ‘आइटी क्षेत्रको सेवा विश्व बजारमा पठाउन हामीलाई न भारत न चीनको आकाश प्रयोग गर्नुपर्छ । न समुद्र प्रयोग गर्नुपर्छ ।’ मन्त्री पुनले प्रतिस्पर्धी बन्न सक्ने देखेरै आपूले नयाँ आर्थिक वर्षको बजेटमा आफूले सूचना प्रविधि क्षेत्रलाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याएको उल्लेख गरे ।

सूचना प्रविधिपछि कृषि, पर्यटन, जलविद्युत र सिमेन्ट उद्योगले क्षेत्रीय बजारमा प्रतिस्पधाई गर्न सक्ने चर्चा उनले गरे । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १५ वर्षअघि जलविद्युत क्षेत्रको लगानीको श्रोत नखोज्ने र १५ वर्षसम्म लगातार आयकर नलिने नीतिगत व्यवस्था गरेका कारण आज मुलुक लोडसेडिङ मुक्त भएको तथा भारत र बंगलादेशको क्षेत्रीय बजारमा उपस्थिति जनाउन सक्ने अवस्था आएको उनले उल्लेख गरे  ।

पुनले निजी क्षेत्रलाई राज्यले अर्थतन्त्रको ड्राइभिङ सिटमा राख्नेपर्ने बताए । राज्यले सहजीकरण गर्ने र निजी क्षेत्रले ड्राइभिङ सिटमा राखेर मात्र मुलुकको अर्थतन्त्र माथि जान सक्ने औंल्याए । ‘सरकारमा रहँदा वा नरहँदा मेरो धारणा के हो भने ‘प्राइभेट सेक्टर’ लाई ड्राइभिङ सिटमा राखेर हामीले देशको अर्थतन्त्रलाई अगाडि बढाउनुपर्ने भन्ने धारणा रहँदै आएको छ । यसको विकल्प छैन’, पुनले भने, ‘जति प्रतिस्पर्धी अर्थतन्त्र बनाउँछौं ।  प्राभइेट सेक्टर अगाडि बढ्छ र त्यसले ड्राइभ गर्छ, राज्यले सहजीकरण गर्छ । यो बाहेक कुनै पनि राजनीतिक दलले सोच्न हुन्छजस्तो मलाई लाग्दैन ।’

फरक प्रसंगमा उनले मुलुकको राजनीतिले अझै स्थात्विको बाटो पक्रन नकेको स्वीकार गरे ।  राजनीतिक संक्रमणको प्रभाव शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, सामाजिक क्षेत्र र जनजीवनमा पर्ने गरेको पुनले उल्लेख गरे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार