प्रधानमन्त्री ओलीलाई सरकार चलाउन आफ्नै पार्टीको १० बुँदे सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टी नेकपा एमालेले सरकारले गर्नुपर्ने कामहरूबारे १० वटा सुझाव दिएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार एमाले प्रतिनिधि मण्डलले सरकारले आगामी ३ वर्षभित्र गर्नुपर्ने ठोस कार्यसम्बन्धी १० सुझाव दिएको हो।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई सुझाव बुझाइएको जानकारी दिए। गत असार २१ केन्द्रीय बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० बुँदे सुझाव बुझाइएको ज्ञवालीले बताए।

नेकपा एमालेले अघिल्लो सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि विभिन्न समयमा जनताका मुद्दाबारे निरन्तर सुझाव पेश गर्दै आएको थियो।

एमालेले २०७९ को निर्वाचनपछि विभिन्न समयमा कहिले ग्रासरुट अभियान त कहिले एमालेको पूर्वपश्चिम यात्रा अभियानबाट जनताको घरदैलोसम्म पुगेर उनीहरूका समस्या र गुनासाहरू केन्द्रसम्म ल्याएर समाधानका लागि पहल गर्दै आएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार