CLI

आज गोलभेँडा सस्तो हुदाँ च्याउको मूल्य किलोमै ७६ रुपैयाँ बढ्यो

काठमाडौं ।फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज शनिबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज गोलभेँडाको मूल्य केही घटेको छ। च्याउसहित केही तरकारीको मूल्य भने बढेको छ। कतिपय तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेँडा छ भने सबैभन्दा महँगो तरकारी डल्ले च्याउ छ। सानो गोलभेँडा १४ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा डल्ले च्याउको मूल्य ३ सय ७६ रुपैयाँ छ। डल्ले च्याउ हिजो भन्दा आज ७६ रुपैयाँ बढेको हो।

 

कालीमाटीमा सानो लोकल गोलभेँडा १४ रुपैयाँ किलो भए पनि ठूलो गोलभेँडाको मूल्य भने ९० रुपैयाँ छ। हिजो ठूलो गोलभेँडा ११६ रुपैयाँ थियो। हिजो भन्दा ठूलो गोलभेँडा २६ रुपैयाँ सस्तिएको हो।

कालीमाटीमा आज सानो टनेलको गोलभेँडा १९, रातो आलु ७०, सुकेको प्याज ९५, स्थानीय ज्यापु काउली ११२, गाँजर ९५, बन्दा ४५, डल्ले भन्टा ९६, तने बोडी १२२, करेला ७०, परबल ७६, घिरौँला ९६, हरियो फर्सी ९२, स्कुस ९५, कन्य च्याउ २२० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा हिजो गाँजर ९६, सुकेको प्याज ९२ स्थानीय ज्यापु काउली ९६, लाम्चो भन्टा ८६, तनेबोडी १२२, करेला ८२, लौका ९०, घिरौँला ११६, हरियो फर्सी ८६, कन्य च्याउ १८० रुपैयाँ प्रतिकिलो थियो।

Leave Your Comment

Related News