पोखरामा पाँच अर्ब ५७ करोड राजस्व संकलन

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराको आर्थिक वर्ष २०८०/८१ मा पाँच अर्ब ५७ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले छ अर्ब ३९ करोड ४७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । सोमध्ये ८७ दशमलव १९ प्रतिशत लक्ष्यको हासिल भएको प्रगति भएको कार्यालय प्रमुख एवं प्रमुख कर अधिकृत शिव शर्माले जानकारी दिए ।

शर्माका अनुसार आर्थिक वर्ष आव २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा राजस्व संकलन सात प्रतिशतले वृद्धि भएको हो । कार्यालयले आव २०७९र८० मा पाँच अर्ब २२ करोड ६० लाख रुपैयाँ राजस्व उठाएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३४ करोड ९५ लाख रुपैयाँ बढी राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ । आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८०र८१ मा आयकरतर्फ तीन अर्ब ६६ करोड ८७ लाख, मूल्य अभिवृद्धि कर भ्याट बाट एक अर्ब ७३ करोड ३६ लाख र अन्तःशुल्कतर्फ १६ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कार्यालय प्रमुख शर्माले राजस्व संकलनको लक्ष्य पूरा नभए पनि अघिल्लो वर्षको तुलनामा वृद्धि हुनु सकारात्मक भएको बताए । अर्थतन्त्र चलायमान नभइरहेको अवस्थामा राजस्व संकलनमा वृद्धि हुनु राम्रो भएको उनले बताए । पोखरामा राजस्व वृद्धिमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको छ । पर्यटन चलायमान बनेकाले राजस्व संकलनमा सहयोग पुगेको हो । यस वर्ष पुरानो बक्यौता उठाउन बढी केन्द्रित भएर काम गरेका कारण राजस्व संकलन बढेको शर्माको भनाइ छ । आन्तरिक राजस्व कार्यालय पोखरामा ६० हजार व्यावसायिक करदाता छन् । यस्तै, व्यक्तिगत प्यान लिनेको संख्या एक लाख ५० हजार र मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता भएका करदाता करिब १२ हजार छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार