हिमालयन ऊर्जा विकासले साउन २४ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि हकप्रद निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपियाँका दरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले असार २० गते बुक क्लोज गरिसकेको छ । यसका आधारमा असार १९ गतेसम्म कायम शेयरधनीले यो हकप्रदमा आवेदन दिन पाउनेछन् ।

आवेदन साउन २४ गतेदेखि भदौ १२ गतेसम्म दिन सकिनेछ ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले ‘आईआरएन डबल’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

कम्पनीको हकप्रद निष्काशनको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । यस हकप्रदमा बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका–०१, शिवालय, रामेछाप तथा धितोपत्र बोर्डबाट आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ९९ करोड रहेको छ । हकप्रद निष्कासनपछि एक अर्ब ९८ करोड रुपियाँ पुग्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार