१३ सयले घट्यो सुन

काठमाडौं । आइतबार सुनको भाउ घटेको छ। शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार छापावाल सुन प्रति तोला १३ सय रुपैयाँले घटेर १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यस्तै आज तेजावी सुन प्रति तोला १ लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

साथै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार