२४८५ विन्दुमा नेप्से परिसूचक, साढे १५ अर्बको कारोबार

काठमाडौं । सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३.५३ अंकले बढेर ४४९.६८ विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार १८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५६ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आइतबार ३१५ वटा कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँ रह्यो । आइतबार बजार पूँजीकरण रकम ३९ खर्ब ४४ अर्ब ४६ करोड २२ लाख रुपैयाँ रह्यो ।

आइतबार १३ वटा उप समूहहरु मध्ये सम्पूर्ण समूहको सेयर मूल्य बढेको छ । बैकिङ ५२.७०, विकास बैंक ६९.५५, वित्त ४१.७६, होटल र पर्यटन २५९.०५, जलविद्य्ुत ४०.९४, लगानी २.३६, जीवन बीमा १७४.६९, उत्पादन र प्रशोधन २१३.३७, लघुवित्त ८३.२८,म्युअुचल फन्ड ०.३१, निर्जीवन बीमा ७८.१५, व्यापार २३०.११ र अन्य समूह ६०.७३ अंकले बढेको छ ।

आइतबार सबैभन्दा बढी कारोबार हुनेमा युनाइटेड मर्दी हाइड्रोपावर, समता लघुवित्त वित्तीय संस्था, हिमालयन बैंक लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था र मन्दाकनी हाइड्रोपवारका लगानीर्ता रहे भने सबैभन्दा बढी गुमाउनेमा सिकलेस हाइड्रोपावार, नेपाल एसबीआइ डिबेन्चर, ग्लोबल आइएमइ ब्यालेन्स फन्ड, माथिल्लो मैलुन खोला जलविद्युत र प्रभु स्मार्ट फन्ड रहे । ती कम्पनीको सेयर मूल्य पनि शतप्रतिशत बढेको तथा घटेको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार