कर्मचारी घुसबिना काम गर्दैन्न शिक्षा मन्त्रालयको सानो ठिमीमा ५ हजार घुस दिए : सांसद महतो

काठमाडौँ । अशोककुमार राई नेतृत्वको जसपाका सांसद वीरेन्द्रकुमार महतोले घुसबिना सरकारी कर्मचारीले कामै गर्न नसक्ने बताउदै मुलुकमा भ्रष्टचार मौलाएको बताए । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै महतोले हिजो मात्र आफ्नो छोराको प्रमाणपत्रका लागि पाँच हजार घुस दिनुपरेको सुनाएका हुन् ।

‘म एउटा सानो उदाहरण दिन चाहन्छु । म भूपू मन्त्री । हिजो शिक्षा मन्त्रालयको सानो ठिमीमा पाँच हजार घुस दिएर आएको छु कसले पत्याउँछ ?’, उनले भने, ‘ पत्याउनुहुन्छ , मेरो छोराको ‘सर्टिफिकेट इकुभ्यालेन्ट’ गर्नुपर्ने थियो । ११ बजे पठाएको ३ बजेसम्म गर्दिएन ।’

उनले कर्मचारीले यो मिलेन त्यो मिलेन भनेपछि आफै गएर सबै कागजात पेस गर्दा पनि अधिकृतले कागज नमिलेको भन्ने जवाफ पाएको बताए । त्यसपछि बिचौलियालाई पाँच हजार दिएपछि काम भएको उनले सुनाए । उनले देशलाई समृद्ध बनाउने हो भने निजामती कर्मचारीलाई परिवार चलाउन गरी तलब दिनुपर्ने पनि बताए ।

उनले सुशासन र भ्रष्टाचार रोक्न कुनै पार्टी र सरकार मात्र नभएर सबै राजनीतिक दलहरूको जिम्मेवारी भएकाले एक भएर बढ्नुपर्ने बताए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार