एनएमबि बैंकको ८.९२ प्रतिशतदेखि सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा

काठमाडौं । एनएमबि बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरुहुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको छ ।

एनएमबि होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्छन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार–चढावबाट फाइदा लिन सक्नेछन् । घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो र यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैंक प्रतिबद्ध छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार