कागतीको मूल्य बढ्दा कुरीलो र च्याउको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य ९५रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ६६ रहेको छ जुन हिजोको ३०.५३ प्रतिसत कम हो । गोलभेडा सानो लोकल मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मुल्य १५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य १८ रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मुल्य पनि आज बढेको छ हिजो प्रति केजी औसत मुल्य २३ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य २७ रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा २०.८७ प्रतिसत बढी हो

आलु रातोको मुल्य यथावत रहेको छ । हिजो प्रति केजी औसत मुल्य ७० रुपैँयामा कारोबार भएको आलु रातो आज ७० औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा ० प्रतिसत बेसी हो आलु रातो भारतीयको मुल्य यतावत छ हिजो प्रति केजी ५७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मुल्य प्रति केजी औसत मुल्य ५७  रुपैयामा कारोबार भइरहेको छ ।आलु रातो मुडेको मुल्य यथावत छ हिजो प्रति केजी औसत मुल्य ५१ रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य प्रति केजी  ५१.३३ मा कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा थोरै बढी हो । प्याज सुकेको मुल्य आज घटेको छ हिजो औसत मुल्य ९२.३३ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मुल्य ८८ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मुल्य बढेको   बढेको छ ।  हिजो प्रति केजी ९५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ९६.६७ रुपैँया कायम छ ।

बन्दा लोकलको मुल्य घटेको छ हिजो औसत मुल्य ५५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ४५ रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानीयको मुल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ९५ रुपैँया कायम भएको मा आज प्रति केजी ८५ रुपैँया भएको छ जुन हिजोको मुल्यमा १०.५३ प्रतिसत कम हो । काउली ज्यापुको मुल्य घटेको रहेको छ ।  हिजो प्रति केजी औसत मुल्य ११५ रुपैँयामा कारोबार भएकोमा आज घटेर रही ११३.३३ रुपैँया प्रतिकेजी पुगेको छ जुन हिजोको मुल्यमा १.१४ प्रतिसतको कम हो ।

मुला सेतो हाइब्रिड मुल्य बढेको  छ । हिजो प्रति केजी औसत मुल्य २७.६७ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य ३५ पुगेको छ जुन २६.४९ प्रतिसत  बढी हो ।

भण्टा लाम्चोको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ९५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मुल्य ७३.३३ रहेको  छ । भण्टा डल्लोको मुल्य पनि घटेको छ  । हिजो प्रति केजी ९५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ९० रुपैँया रहेको छ  ।

तने बोडिको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ११० रुपैँया कायम भएकोमा आज बढेर १२२ रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा १०.९१ प्रतिसत बढी हो घिउ सिमि लोकलको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य १३८.७५ रुपैँयामा कारोबार भएकोमा आज घटेर प्रति केजी औसत मुल्य प्रति केजी १३४ रहेको छ । घिउ सिमि राजमा मुल्य घटेको  छ ।

तिते करेलाको मुल्य घटेको छ हिजो औसत प्रतिकेजी ७५ रुपैँया रहेकोमा  आज प्रति केजी औसत मुल्य ६४ पुगेको छ जुन हिजोको तुलनामा १४.६७  प्रतिशत घटी हो ।

कन्य च्याउ प्रति केजी औसत मुल्य घटेको छ हिजो २०३.३३ प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १७६ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको  घटेको छ हिजो प्रतिकेजी ३९० मुल्य रहेकोमा आज ३८० पुगेको छ जुन हिजोको मुल्यमा २.५६ प्रतिशत कम हो  । राजा च्याउ को मुल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रति केजी औसत मुल्य रहेकोमा आज पनि सोहि मुल्य रहेको छ ।

कागतिको मुल्य आजबढेको  छ हिजो प्रतिकेजी औसत मुल्य २४० कायम भएकोमा आज पनि २६० कायम भएको छ जुन हिजोको तुलनामा ८.३३ र प्रतिसत बढी हो ।

आँप मालदहको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ११५ रहेकोमा आज अलिकति घटेर प्रति केजी औसत मुल्य ९५ रहेको छ । आँप दसहरीको मुल्य घटेको छ ।  हिजो औसत मुल्य ११५ कायम भएकोमा आज घटेर औसत मुल्य ९६.६७ प्रति केजी भएको छ ।

कुरिलोको मुल्य आज थोरै घटेको छ हिजो प्रति केजी औसत मुल्य २२६.६७ रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ३०० रहेको छ जुन हिजोको मुल्यमा ८.१६ प्रतिसत कम हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार