कुन सडकमा सरकारको कति लगानी

काठमाडौं ।चालु आर्थिक वर्ष २०८१/८२ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। जसमध्ये सडक पूर्वाधार तर्फ १ खर्ब ४४ अर्ब ३४ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ।

बजेट रकमका आधारमा सरकारको प्राथमिकतामा काठमाडौं–तराई मधेश द्रुतमार्ग रहेको छ। यस आयोजनालाई चालु आवका लागि २२ अर्ब ५४ करोड ९३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। दोस्रो स्थानमा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम रहेको छ। यसका लागि १० अर्ब ६७ करोड ५२ लाख रुपैयाँ र क्षेत्रीय व्यापारिक मार्ग विस्तार आयोजनालाई १० अर्ब ४६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको काकरभिट्टा–इनरुवा–पथलैयाँ–नारायणघाट सडक खण्डलाई १० अर्ब ३२ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको छ।

यसैगरी मदन भण्डारी राजमार्ग (बाहुनडाँगीदेखि रुपालसम्म) आयोजनालाई ३ अर्ब ५९ करोड ९५ लाख, गल्छी-त्रिशुली-मैलुङ्ग–स्याफ्रुवेशी-रसुवागढी सडक आयोजनालाई १ अर्ब ८० करोड ३८ लाख, शहिद मार्ग (घोराही-नुवागाउँ-तिला-घर्तिगाउ-थवाङ्ग-मुसिकोट-मैकोट) आयोजनालाई १ अर्ब २४ करोड ५९ लाख, पुष्पलाल राजमार्ग (मध्यपहाडी राजमार्ग) आयोजनालाई ३ अर्ब ६८ करोड ५४ लाख, भेरी करिडोर (जाजरकोट-दुनै-मरिम-तिन्जे धौ) लाई १ अर्ब ६ करोड १६ लाख र उत्तर दक्षिण राजमार्ग (कर्णाली, कालिगण्डकी र कोशी) आयोजनालाई ४ अर्ब ४३ करोड १ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी स्थानीय सडक पुल निर्माण योजनालाई ३ अर्ब ५५ करोड ९१ लाख, हुलाकी राजमार्ग (पुलसहित) योजनालाई ३ अर्ब ३० करोड ७१ लाख, औद्योगिक करिडोर (व्यापारिक मार्ग) विस्तार आयोजनालाई १ अर्ब ११ करोड ४२ लाख, रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षण योजनालाई २ अर्ब ४६ करोड १८ लाख, राजमार्ग स्तरोन्नती तथा पुनस्र्थापना कार्यक्रमलाई ६ अर्ब ५४ करोड २८ लाख, नागढुङ्गा सुरुङ्गमार्ग निर्माण आयोजनालाई ४ अर्ब ५९ करोड ७८ लाख र सासेक सडक सुधार आयोजनालाई ६ अर्ब ४० करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पहिलो प्राथमिकताअन्तर्गत नै चक्रपथ विस्तार आयोजनालाई १ अर्ब २५ करोड २१ लाख, सासेक मुगलिङ्ग-पोखरा सडक योजनालाई ६ अर्ब ३९ करोड २९ लाख, मिर्चैया-कटारी-घुर्मी योजनालाई १ अर्ब ५० करोड, सुर्यविनायक-धुलिखेल र कोटेश्वर-बानेश्वर-त्रिपुरेश्वर सडक योजनालाई १ अर्ब ५९ करोड र चतरा-मुलघाट-माझीटार- दोभान–ओलाङ्गचुङ्गगोला (तमोर करिडोर) योजनालाई १ अर्ब ९९ करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी निर्बाचन क्षेत्र रणनैतिक सडक योजनलाई ४ अर्ब ९० करोड ५९ लाख, पूर्व-पश्चिम एसियाको यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमलाई ५ अर्ब २६ करोड ६८ लाख, रेल-मेट्रो रेल तथा मोनो रेल विकास आयोजना ३ अर्ब २० करोड, यातायात व्यवस्था सुदृढिकरण आयोजनालाई १ अर्ब ४१ करोड र सडक बोर्डलाई ४ अर्ब ३७ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार