करिब बजेट र मुलुकको वैदेशिक व्यापार बराबरको अवस्थामा

काठमाडौं । गत आर्थिक वर्षको बजेट र वैदेशिक व्यापार करिब बराबरको अवस्थामा पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुरुप आर्थिक वर्ष २०८०÷८१ मा कुल वैदेशिक व्यापार १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९÷८० को तुलनामा १.३३ प्रतिशतले कमी आएको हो । आर्थिक वर्ष २०७९÷८० मा वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख रुपैयाँ रहेको थियो । आर्थिक वर्षए २०८०÷८१ को बजेट वपनि १७ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको रहेको थियो ।

नेपालले तेस्रो मुलुकसँग गर्ने व्यापार घाटा १ प्रतिशतले कमी आउदाँ व्यापार घाटा १४ खर्ब रुपैयाँ भन्दा बढी रहेको छ । आर्थिक वर्ष २०७९÷८० को तुलनामा गत आर्थिक वर्षमा मुलुकको व्यापार घाटा १ प्रतिशतले कमी आउदै १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७९ ८० मा व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७९÷८० को तुलनामा आर्थिक वर्ष २०८०÷८१ मा आयात, निर्यात, व्यापार घाटा र कुल वैदेशिक व्यापारमा कमी आएको छ । समीक्षा अवधिमा आयात १.१६ प्रतिशतले , निर्यात ३.०३ प्रतिशतले, व्यापार घाटा ०.९६ प्रतिशतले र कुल वैदेशिक व्यापार १.३३ प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुरुप आर्थिक वर्ष २०८०÷८१ मा आयात व्यापार १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ रहेको छ भने आर्थिक वर्ष २०७९÷८० आयात व्यापार १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ रहँदा आर्थिक वर्ष २०७९÷८० मा १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा आयात÷निर्यात अनुपात १०.४५ प्रतिशत रहेको छ भने कुल व्यापारमा निर्यातको हिस्सा ८.७३ प्रतिशत र आयातको हिस्सा ९१.२७ प्रतिशत रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार