नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभा हुँदै, लाभांस पारित गर्ने

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेशनल लाईफ इन्स्योरेन्स कं. लि. को ३६ (छत्तिस) औं वार्षिक साधारणसभा २०८१ भाद्र ७ गते अगस्ट, २०२४)  बिहान १०:३० बजे नेशनल लाईफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाटमा बस्दैछ

साधारणसभाले  सचालक समितिको तर्फवाट अध्यक्षले पेश हुने आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने , आर्थिक वर्ष २०७९/०८० को वासलात, आय-व्यय हिसाब, नाफा-नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ,लेखापरीक्षण समितिको सिफारिस वमोजिम आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यसैगरी संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी रु.५,०१,१६,६६,४ मा १० (दश) प्रतिशतका दरले रु.५०,११,६६,६४२/५० नगद लाभांश पारित गर्नेछ भने संचालक समितिले प्रस्ताव गरे वमोजिम नगद लाभांश र वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,६९,२८,०६८/३९ नगद लाभांश स्विकृत गर्नेछ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार