CLI

स्मार्टफोनको आयात १७ प्रतिशतले बढ्यो, गत आवमा २८ अर्ब ६६ करोडको स्मार्टफोन भित्रियो

काठमाडौं । नेपालमा स्मार्टफोनको आयात बढेको देखिएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपैयाँको स्मार्टफोन आयात भएको छ। यस अवधिमा १८ लाख ३९ हजार ३५ यूनिट स्मार्टफोन आयात भएको हो।

स्मार्टफोनको आयात बापत सरकारले ५ अर्ब ३३ करोड ९३ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

अघिल्लो आव २०७९/८० मा २४ अर्ब ३९ करोड ६७ लाख ७८ हजार रुपैयाँ बराबरको १५ लाख ६९ हजार ५९६ यूनिट स्मार्टफोन आयात भएको थियो। अघिल्लो आवको तुलनामा गत आवमा स्मार्टफोनको आयात ४ अर्ब २६ करोड ९४ लाख ५७ हजार रुपैयाँ अर्थात १७.५ प्रतिशतले बढेको छ।

नेपालमा ६४ मुलुकबाट स्मार्टफोन भित्रिने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात हुने गरेको छ। गत आवमा चीनबाट १८ अर्ब ९५ करोड ४० लाख ७७ हजार रुपैयाँ बराबरको १३ लाख ३२ हजार ४३ यूनिट स्मार्टफोन आयात भएको छ।

भारतबाट ९ अर्ब २५ करोड ८६ लाख २१ हजार रुपैयाँ बराबरको ५ लाख १ हजार ६७८ यूनिट स्मार्टफोन आयात भएको छ।

अमेरिकाबाट १० करोड १० लाख ५९ हजार रुपैयाँ बराबरको ९७५ यूनिट स्मार्टफोन नेपाल भित्रिएको छ।

बाँकी ६१ मुलुकबाट ३५ करोड २४ लाख ७८ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

Leave Your Comment

Related News