असुसको तीन एआई ल्यापटप नेपालमा सार्वजनिक, सुरुवाती मूल्य २ लाख ९ हजार ९००

काठमाडौं । नेपालका असुस ब्रान्डको आधिकारिक बिक्रेता नागमणी इन्टरनेसनले असुसको तीन एआई ल्यापटप सार्वजनिक गरेको छ। कम्पनीले सोमबार एक कार्यक्रमका बीच असुसका एआई ल्यापटप असुस भिभोबुक एस१५, असुस भिभोबुक एस१५ र असुस भिभोबुक एस१४ सार्वजनिक गरेको हो।

उक्त कार्यक्रममा कम्पनीका कन्ट्री प्रोडक्ट म्यानेजर अभिनास भोस्ले असुस नेपालमा एआई कम्प्युटर लन्च गर्ने पहिलो ब्राण्ड भएको बताए। साथै कम्पनीले २०२५ सम्म आफ्नो ९० प्रतिशत प्रोडक्टलाई एआई मैत्री बनाउने गरी काम गरिरहेको जानकारी दिए। आगामी दिनमा कम्पनीको एन्ट्रिलेभलदेखि प्रिमियम सेगमेन्टका कम्प्युटरहरुमा एआई पाउन सकिन्छ।

नागमणी इन्टरनेसनलले असुस भिभोबुक एस१५ को सुरुवाती मूल्य २ लाख ९ हजार ९०० रुपैयाँ तोकेको छ। असुस भिभोबुक एस१५ मा स्न्यापड्रागन प्लेटफर्म छ भने एस १४ र १६ मा इन्टेल प्लेटफर्म दिइएको छ।

विन्डो ११ होम अपरेटिङ सिस्टम रहेको असुस भिभोबुक एस१५ मा १६७ जीबी एलपीडीडीआरएक्स ८४४८ मेगाहर्ज र्याम र १ टीबी पीसीएलई ४.० एसएसडी स्टोरेज छ।

भिडियो रेकडिङ तथा भिडियो कलका लागि एफएचडी आईआर क्यामरामा असुसर एआईसेन्स क्यामरा सहित विन्डो स्टुडियो इफेक्ट, असुस अड्याप्टिभ डिमिङ र असुस अड्याप्टिभ लक छ।

यसमा चार्जिङका लागि ९० वाटको एसी अड्याप्टर दिइएको छ। जसले फुल चार्जमा १८ घण्टाको ब्याट्री लाइफ पाउन सकिने कम्पनीको दाबी छ।

यस ल्यापटपको प्रमुख विशेषताको रुपमा माइक्रोसफ्टको एआई टुल्स कोपाइलट प्लस पनि रहेको छ। टाक्स बार र डेडिकेटेड किबोर्डका माध्यमबाट कोपाइलट ल्यापटपमा रन गर्न सकिन्छ। साथै कम्पनीले आफ्नो उत्पादनमा एक वर्षको पर्फेक्ट वारेन्टी पनि उपलब्ध गराइरहेको छ। यस योजना अन्तर्गत ल्यापटपमा कुनै भौतिक क्षति भएमा एक पटक एउटा पुर्जामा कम्पनीले ८० प्रतिशत छुट प्रदान गरेर मर्मत गरिदिन्छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार