२५६३ अंकमा पुग्यो नेप्से, १४ अर्बको कारोबार

Garima_Business-Loan3

काठमाडौं । सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ । यो साताको पहिलो दिन आइतबारदेखि बढेको सेयर बजार मंगलबार पनि बढेको हो ।

साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने पनि १०.४० अंकले बढेर ४५९.१९ विन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार २२० वटा कम्पनीको सेयर मूल्य बढ्दा २० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार ३१७ वटा कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँ रह्यो । मंगलबार बजार पूँजीकरण रकम ४० खर्ब ६७ अर्ब ४२ करोड १५ लाख रुपैयाँ रह्यो ।

मंगलबार समूह उपसूचकहरु मध्ये शतप्रतिशत समूहको सेयर मूल्य बढेको छ । बैकिङ ३३.४१, विकास बैंक १४६.४७, वित्त ७१.५३, होटल र पर्यटन २०१.०४, जलविद्युत १२२.५२, लगानी ३.४९, जीवन बीमा ५१८.९९, उत्पादन र प्रशोधन २८४.८३, लघुवित्त ७२.७५, म्युअुचल फन्ड ०.२३, निर्जीवन बीमा ५२५.०७, व्यापार १८६.२३ र अन्य समूह ३२.५७ अंकले बढेको छ ।

बुधबार सबैभन्दा बढी कारोबार हुनेमा शिवम सिमेन्ट, अपि पावर कम्पनी, हिमालयन रिइन्स्योरेन्स, साइन रेसुगाँ डभेलपमेन्ट बैंक र ङदी ग्रुप पावर रह्यो । शिवम सिमेन्टको २४ करोड ६९ लाख रुपैयाँ, अपि पावर कम्पनीको २४ करोड २६ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २३ करोड २ लाख रुपैयाँ, साइन रेसुगाँ डभेलपमेन्ट बैंकको २१ करोड ५६ लाख रुपैयाँ र ङदी ग्रुप पावरको २० करोड १९ लाख रुपैयाँ बराबर कारोबार भयो ।

मंगलबार सर्वाधिक कमाउने कम्पनीहरुमा बोर्टलर्स नेपाल (बालजु), समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावार, हाथवेय इन्भेष्टमेन्ट नेपाल लिमिटेड र नेपाल वेयरहाइजिङ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै गणपति लघुवित्त वित्तीय संस्थगाको ६ प्रतिशत, माछापुच्छ«े बैंक डिबेन्चर २०८५ ४ प्रतिशत, माछापुच्छ«े डिबेन्चर २०८७ ३ प्रतिशत, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ३ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको ३ प्रतिशतले सेयर मूल्य घट्दै सर्वाधिक गुमाउने कम्पनीहरु बने ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार