साढे २ खर्बको पेट्रोलियम पदार्थ आयात हुदाँ १० अर्बको गलैँचा निर्यात

काठमाडौं । गत आर्थिक वर्षमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । भन्सार विभागका अनुसार दुई खर्ब ६७ अर्ब ६८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । जसमा सबभैन्दा बढी डिजेल एक खर्ब ४३ अर्ब ९७ करोड रुपैयाँ, पेट्रोल ६८ अर्ब १० करोड २० लाख रुपैयाँ र खाना पकाउने ग्यास एलपीजी ५५ अर्ब ६१ करोड ८४ लाख रुपैयाँ बराबरको आयात गरिएको छ । त्यसपछि फलाम तथा स्टीलजन्य सामग्री ७३ अर्ब ६० करोड ६६ लाख रुपैयाँ, स्मार्टफोन २८ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ, सुन २३ अर्ब ६५ करोड ५३ लाख रुपैयाँ, हवाई इन्धन २० अर्ब ७८ करोड रुपैयाँ, विद्युतीय सवारी साधन ९५१ किलोवाट देखि १०० किलोवाटका० १९ अर्ब ६७ करोड रुपैयाँ, कच्चा भटमास १३ अर्ब ८४ करोड रुपैयाँ र कच्चा पाम १० अर्ब ५९ करोड रुपैयाँको आयात गरिएको छ ।

१० अर्बको गलैँचा निर्यात
गत आर्थिक वर्षमा सबैभन्दा बढी निर्यात गलैँचा, अलैचीँ, फलाम तथा स्टीलजन्य सामग्री, जुस लगायतका सामग्री भएको छ । गलैंचा १० अर्ब ५७ करोड रुपैयाँ, अलैचीँ सात अर्ब ९३ करोड ८१ लाख रुपैयाँ, फलाम तथा स्टीलजन्य सामग्री छ अर्ब ८६ करोड ६२ लाख रुपैयाँ, जुस छ अर्ब २३ करोड ७८ लाख रुपैयाँ, पाम तेल पाँच अर्ब ६२ करोड रुपैयाँ, यार्न आठ अर्ब २३ करोड ९६ लाख रुपैयाँ, चिया तीन अर्ब ३४ करोड १८ लाख रुपैयाँ कुकुर र बिरालाका आहारा तीन अर्ब १८ करोड ४३ लाख रुपैयाँको निर्यात भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार