ओटीसी काउन्टरमा करिब ४ करोड कित्ता सेयरको ५ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ओभर द काउन्टर मार्केट (ओटीसी) मा गत आर्थिक वर्षमा करिब ४ करोड कित्ता सेयरवापत् ५ अर्ब रुपैयाँको कारोबार भएको बताएको छ । गत आर्थिक वर्षमा २४४ वटा कम्पनीको ३ करोड ६५ लाख ६५ हजार २३५ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ रुपैयाँ रहेको छ ।

नेप्सेले २०७२ माघ १८ गते देखि कम्पनी रजिष्ट्रारको कार्यालयका अनुरुप नेप्सेमा सूचीकरा नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक शर्तहरु पुरा हुन नसकि सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको शेयरको कारोबार ओटीसी बजार मार्फत् गर्न सक्ने व्यवस्था गरे सँगै उक्त कारोबार भएको हो । कारोबार भएका कम्पनीहरुमा हिम रिभर पावर लिमिटेड, आइएमइ डिजिटल सोलुसन लिमिटेड, नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्र, वल्डलिंक कम्युनिकेशन, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड , एभरेष्ट हस्पीटेलिटी होटल, जनजोति एजुकेशन फाउन्डेशन लगायतका संस्थाहरु रहेका छन् । ती संस्थाहरुले आफनो सेयर मूल्य प्रतिकित्ता १०० देखि ११३, १३६ र १४० रुपैयाँ समेत तोकेर कारोबार गरेका हुन् ।

शेयर बजार व्यापारमा दलाल सङ्गठन ÷ ब्रोकरहरूजस्ता मूल्य प्रणालीको संलग्नता बिना सिधा एक्सचेञ्जमार्फत व्यापार गर्न अपनाइएको प्रणालीलाई ओभर–द–काउन्टर (ओटीसी) भनिन्छ । सामान्यतयाः बजारमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा गर्न नसकेको कम्पनीहरूको धितोपत्रहरूमा तरलता कायम गरी सर्वसाधारण लगानीकर्ताको संरक्षण गर्ने हेतुले ओभर–द–काउन्टर (ओटीसी) मार्फत शेयर व्यापार गर्ने गरिन्छ ।
सर्वसाधारणमा शेयर जारी नगरेका कम्पनीले यो प्रणालीमा आएर सेयर स्वामित्व परिवर्तन गर्न सक्छन् । ओटीसीमार्फत व्यापार गर्ने कम्पनीलाई सर्वसारधाणमा शेयर जारी गर्नुपर्ने बाध्यता भने हुँदैन ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार