बागमतीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको शपथ आज हुँदै

काठमाडौं ।बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १३ मन्त्रीको शपथ ग्रहण आज (बुधबार) हुँदैछ। मंगलबार मुख्यमन्त्रीमा नियुक्ति भएका लामाको शपथ आज हुन लागेको हो। यससँगै एमालेका र कांग्रेसबाट १३ सदस्य मन्त्रिपरिषद् समेत आजै गठन हुने छ।

जसका लागि एमालेले आफ्नो भागमा परेका ६ वटा मन्त्रालय र मन्त्रीहरुको नाम मंगलबार नै टुङ्ग्याइसकेको छ।  एमालेले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास, शुकमाया तामाङलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन, कुमार मास्केलाई भौतिक पूर्वाधार, कृष्ण सिलवाललाई वन तथा वातावरण र प्रेमभक्त महर्जनर्ला श्रम रोजगार तथा यातायातमन्त्री बनाउने तयारी गरेको छ।

नेपाली कांग्रेसको भागमा मुख्यमन्त्रीसहित सातवटा मन्त्रालय परेको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार