बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा

Garima_Business-Loan3

काठमाडौं । बेष्ट फाइनान्सले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको २९ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । फाइनान्सले शेयर खरिद गर्न चाहने  इच्छुक बिध्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिन भनेको छ  ।

कम्पनीले तोकेको उक्त समयावधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आबेदन  नआएमा शेयर सर्वसाधारण व्यक्ति र संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार