काठमाडौं ।कालिका लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले बिभिन्न तहका लागि ६१ जना कर्मचारी माग गरेको हो । कम्पनी कर्मचारी माग गरेको सुचना अनुसार १५ जना सुपरभाईजर , ७ जना वरिष्ठ सहायक, १४ र २५ जना कनिष्ठ सहायक माग गरेको जनाएको छ ।
इच्छुक उमेद्वारको लागि कम्पनीले सोही अनुरुप नै योग्यता निर्धारण गरेको छ । कम्पनीका अनुसार केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उमेद्वारले साउन २३ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।