सौर्य एयरको जहाज दुर्घटनाः १३ जनाको शव निकालियो

काठमाडौं । मर्मतका लागि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने क्रममा दुर्घटनामा परेको सौर्य एयरको जहाजबाट १३ जनाको शव निकालिएको छ। जहाजमा कर्मचारी र इन्जिनियर रहेको बताइएको छ। जहाज दुर्घटनामा घाइते भएका क्यापटेन मनिश शाक्यलाई उपचारका लागि मोडल अस्पताल लगिएको छ।

सौर्यको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।

जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार