सौर्य जहाज दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट पोखराका लागि बिहान ११ बजे उडेको विमान १९ जना यात्रु रहेका थिए । उनीहरू सबै सौर्यका कर्मचारी रहेको बताइएको छ ।

४ जनाको उद्दार गरिएको छ । जसमध्ये तीन जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने क्यापटेन मनिश शाक्यको केएमसीमा उपचार भइरहेको छ ।

शवहरू शिक्षण अस्पताल महाराजगञ्ज लगिंदै गरिएको प्रहरीले जनाएको छ ।

यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।

जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार