बुद्धनगर–बबरमहल जोड्ने पुल चर्कियो, आवागमन बन्द

काठमाडौं । बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किए पछि सवारी आवागमन बन्द गरिएको छ । काठमाडौं महानगरपालिकाको धोबीखोला अन्तर्गत बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किएपछि सवारी आवागमन बन्द गरिएको हो ।

लगातार भारी वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले १० नम्बर र ११ नम्बर वडा जोड्ने पुल चर्किएको हो ।

पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको महानगर नगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । ‘चर्किएको पुल मर्मत नभएसम्म आवागमन रोकिन्छ,’ उनले भने ‘जोखिम मोलेर आवतजावत गर्न दिन मिल्दैन ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार