सपोर्ट लघुवित्तको नाफा ७५ प्रतिशतले बढ्यो

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ म २ करोड ३८ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा नाफा बढेको देखिएको हो।

अघिल्लो वर्ष लघुवित्तले १ करोड ३६ लाख २२ हजार खुद नाफा आर्जन गरेको थियो। अघिल्लो आवको तुलनामा गत आवमा लघुवित्तको खुद नाफा ७५ प्रतिशत अर्थात १ करोड २ लाख २१ हजार रुपैयाँ बढेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँग लघुवित्तको नाफा बढेको हो।

नाफासँगै लुघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। प्रतिशेयर आम्दानी ७.८५ रुपैयाँले बढेर २२.१६ रुपैयाँ पुगेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ८३.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९.५५ रुपैयाँ छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार