श्रृजनशील लघुवित्तको साधारणसभा हुँदै, साउन २१ गते बुक क्लोज

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लि. को पाँचौ  साधारणसभा  २०८१ साल श्रावण ३२ गते शुक्रवार  विहान ११ बजेविनायक होटल, बर्दिवासमा हुने भएको छ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९ / ०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, आ.व. २०७९/०८९ को नाफा नोक्सान हिसाव, सोहि अवधिको नगद प्रवाह विवरण एवम् सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने, बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा ११ अनुसार वित्तीय संस्थाको आ.व. ०८० / ०८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने,  सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ (एक) जना सदस्यको निर्वाचन गर्ने, सञ्चालक समितिले पाउने बैठक भत्ता तथा दैनिक भ्रमण भत्ता थप निर्धारण गर्ने  प्रस्ताब उपर छलफल गरि पारित गर्नेछ  ।

साथै कुनै पनि लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने / गाभिने (Merger) तथा प्राप्ती / समाहित (Acquisition) हुने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पति तथा दायित्वको मुल्याङ्कन ( Due Diligence Audit) गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता, लेखापरीक्षक तथा निजको पारिश्रमिक निर्धारण गर्न, अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरुसंग सम्बन्धित आवश्यक कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ

साधारणसभा प्रयोजनको लागि  २०८१ साउन २१  गते  वित्तीय संस्थाको शेयर दाखिला खारेज दर्ता बन्द रहने छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार