ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको बिहीबार अर्थात् साउन १० गते बसेको सञ्चालक समिति बैठकले उनलाई सीईओको जिम्मेवारी दिएको हो ।

रेग्मीले भदौ १ गतेबाट कार्यभार सम्हालेछन् । रेग्मी यसअघि बैंककै सिनियर डेपुटी सीईओ थिए । उनी २०७८ साउनमा वरिष्ठ डीसीईओमा नियुक्त भएका थिए । बैंकिंङ क्षेत्रमा ३५ बर्ष अनुभव भएका उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन् ।

रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार