राष्ट्र बैंकले तोकेभन्दा बढी विपन्न वर्गमा कर्जा वितरण, कर्जा वितरण रकम भने ३ खर्ब बढी

काठमाडौं । राष्ट्र बैंकले तोकिदिएको न्यूनतम सीमाभन्दा बढी कर्जा प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गलाई गरेका छन् । बैंक तथ वित्तीय संस्थाहरूले आफ्नो कुल कर्जाको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । विपन्न वर्गमा जाने कर्जामध्ये २५ प्रतिशत बैंक तथा वित्तीय संस्था सिधै र ७५ प्रतिशत लघुवित्त वित्तीय संस्थामार्फत प्रवाह गर्नुपर्छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा विपन्न वर्गमा कुल ३ खर्ब ९ अर्ब ९५ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह भएको छ । जुन कुल कर्जाकोे ६.३८ प्रतिशत हुन्छ । यस अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम ५१ खर्ब २८ अर्ब ६२ करोड ४० लाख रूपैयाँ छ । विपन्न वर्गमा प्रवाह भएको यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १५ करोड १० लाख रूपैयाँले बढी हो । एक वर्षअघि बैंक तथा वित्तीय संस्थाले कुल ४८ खर्ब ६६ अर्ब ४२ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा ३ खर्ब आठ अर्ब ८० करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए । प्रतिशतका आधारमा एक वर्षअघिको तुलनामा यस पटक विपन्न वर्गमा कम कर्जा प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षको ११ महिनामा कुल कर्जाको ६.८८ प्रतिशत विपन्न वर्गमा प्रवाह भएको छ । गत आर्थिक वर्षमा यस्तो दर ६.३८ प्रतिशत छ ।

त्यस्तै,आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तसम्ममा ४५ खर्ब ३२ अर्ब १८ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले विपन्न वर्गमा कुल ६.१२ प्रतिशत अर्थात् २ खर्ब ६३ अर्ब ६ करोड ८० लाख रूपैयाँ प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा २ अर्ब २३ करोड २० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७९÷८० को सोही अवधिमा वाणिज्य बैंकहरूले ४२ खर्ब ९७ अर्ब ८३ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा ६.४३ प्रतिशत अर्थात् २ खर्ब ६० अर्ब ८३ करोड ६० लाख रूपैयाँ प्रवाह गरेका थिए ।

त्यस्तै, विकास बैंकहरूले भने पछिल्लो अवधिमा कुल ४ खर्ब ९७ अर्ब ७४ करोड ३० लाख रूपैयाँ कर्जा प्रवाह गरेको मध्ये विपन्न वर्गमा मात्र ८.६३ प्रतिशत अर्थात् ४० अर्ब ३१ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ४० लाख रूपैयाँले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले कुल ४ खर्ब ६५ अर्ब २५ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा १२.११ प्रतिशतका दरले ४२ अर्ब ३१ करोड ६० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फाइनान्स कम्पनीहरूले भने विपन्न वर्गमा कुल ६ अर्ब ५७ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको ११ महिनामा ९८ अर्ब ६९ करोड ८० लाख रूपैयाँ कर्जा भएको मध्ये ७.११ प्रतिशत विपन्न वर्गमा प्रवाह भएको देखिन्छ । आर्थिक वर्ष २०७९÷८०को सोही अवधिमा फाइनान्स कम्पनीहरूले ९२ अर्ब ३३ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गरेको मध्ये ७.५२ प्रतिशत अर्थात् ५ अर्ब ६५ करोड २० लाख रूपैयाँ हो । राष्ट्र बैंकका अनुसार यो कर्जा आर्थिक वर्ष २०८०÷८१ को पछिल्लो ११ महिनाको तुलनामा ९२ करोड ३० लाख रूपैयाँले बढी हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार