लिलादेवी गड्तौला बनिन् नेपालको पहिलो महिला मुख्यसचिव

काठमाडौं । हिजो बसेको मन्त्रीपरिषदको बैठकले पहिलो पटक महिला मुख्यसचिव बनाएको छ । देशभरका कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलालाई दिइएको छ ।

मन्त्रिपरिषदको बैठककले देशको मुख्यसचिवमा कामु मुख्यसचिव रहेकी लिलादेवी गडतौलालाई पदोन्नती गर्ने निर्णय गरेको हो ।

उनी यसअघि कायममुकायम मुख्यसचिवको जिम्मेवारीमा रहेकी थिइन् । भ्रष्टचार मुद्दामा तात्कालिन मुख्यमन्त्री बैकुण्ठ अर्याल निलम्बनमा परेपछि गडतौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।

गड्तौला आगामी भदौ १५ गतेसम्म मुख्यसचिव पदमा कायम रहनेछिन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार