राष्ट्रबैंङ्क सञ्चालक समितिको बैठक बस्दै मौद्रिक नीति आज आउने

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक हुँदैछ  । राष्ट्र बैङ्क स्रोतले मौद्रिक नीति पास गर्न अहिले  बिहान सञ्चालक समितिको बैठक बसेको बतायो ।

एक साताअघि नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकारको चासोका कारण रोकिएको थियो ।

मौद्रिक नीतिको मस्यौदा व्यवस्थापन समितिले पास गरिसकेकाले पुनः व्यवस्थापन समिति बैठक बस्ने छैन । सीधै सञ्चालक समितिले अनुमोदन गरेपछि आजै मौद्रिक नीति सार्वजनिक हुनेछ ।

राष्ट्र बैंककै पूर्वगभर्नर तथा अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले मौद्रिक नीतिको मस्यौदा हेर्न चाहेपछि मौद्रिक नीति रोकिएको थियो ।

एक साताको समय लगाएर प्रधानमन्त्रीको कार्यालयबाट परिमार्जनसहितको मौद्रिक नीति मस्यौदा आएपछि शुक्रबार सार्वजनिक गर्न लागिएको हो ।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम मौद्रिक नीति हो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार