गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरुको खर्च प्रवृत्तिः स्वतःस्फुर्त घुम्ने भन्दा प्याकेजमा घुम्नेको औसत खर्च बढी

काठमाडौं । गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरुले स्वतःस्फुर्त घुम्ने भन्दा प्याकेजमा घुम्नेको औसत खर्च बढी गर्ने पाइरहेको छ। नेपाल राष्ट्र बैंकले गरेको गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरुको बसाई तथा खर्चको प्रवृत्ति अध्ययन प्रतिवेदन २०८०/८१ मा यस्तो देखिएको हो।

यस सर्वेक्षणमा कुल ४०० पर्यटकहरु समावेश रहेका थिए। ती मध्ये १६ पर्यटकहरुको प्रतिक्रिया असामान्य भएकाले उनीहरुको प्रतिक्रियालाई आउटलियर्सको रुपमा लिई कुल ३८४ पर्यटकहरुको प्रतिक्रियालाई शतप्रतिशत मानी विश्लेषण गरिएको राष्ट्र बैंकले जनाएको छ।

ती ३८४ पर्यटकहरुमध्ये भ्रमणको प्रकृतिका आधारमा दुई प्रकारका पर्यटकहरु (पकजेज टुर्स र स्वतःस्फुर्त भ्रमण)को खर्चको प्रवृत्ति छुट्टाछुट्टै विश्लेषण गरिएको छ। अन्तर्राष्ट्रिय ट्राभल कम्पनी मार्फत भ्रमणको प्याकेज लिएर आउने पर्यटकको खर्चको प्रवृत्ति विश्लेषण गर्ने क्रममा प्याकेज रकमबाट औसत अन्तर्राष्ट्रिय उडान खर्चलाई घटाई दैनिक औसत खर्च विश्लेषण गरिएको छ ।

यसरी विश्लेषण गर्दा प्याकेज लिएर गण्डकी प्रदेश घुम्न आउने पर्यटकको औसत खर्च दैनिक ११ हजार ८६६ रुपैयाँ (अमेरिकी डलर ८९.३१) रहेको पाइयो । त्यसैगरी स्वतः स्फुर्त रुपमा खर्च गर्ने गरी गण्डकी प्रदेश भ्रमण गर्न आउने पर्यटकहरुको दैनिक औसत खर्च ७ हजार २१७ रुपैयाँ (अमेरिकी डलर ५४.३२ ) रहेको पाइयो । यस सर्वेक्षणमा समावेश ३८४ पर्यटकहरुको भारतीय औसत दैनिक खर्च ८ हजार ३५५ रुपैयाँ ( अमेरिकी डलर ६२.८९ ) रहेको अध्ययन प्रतिवेदनमा देखिन्छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार