अधिकांस तरकारीको मूल्य घट्दा रायोको साग र कुरीलो मूल्यको बढ्यो

Garima_Business-Loan3

काठमाडौं ।  कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको  छ । हिजो प्रति केजी औसत मुल्य ६५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ७५ रहेको छ जुन हिजोको १५.३८ प्रतिसत बढी हो । गोलभेडा सानो लोकल मुल्य आज घटेको छ हिजो प्रति केजी औसत मुल्य २२.५० रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य २२.३३ रुपैया कायम भएको छ । गोलभेडा सानो टनेलको मुल्य पनि आज घटेको छ हिजो प्रति केजी औसत मुल्य ३२.८० रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य ३२.७५ रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मूल्यमा ०.१५ प्रतिसत कम हो

आलु रातोको मुल्य घटेको  छ । हिजो प्रति केजी औसत मुल्य ६८ रुपैँयामा कारोबार भएको आलु रातो आज ६७.३३ औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.९९ प्रतिसत कम हो आलु रातो भारतीयको मुल्य यथावत छ हिजो प्रति केजी ५७ रुपैँयामा कारोबार भएको आलु रातो भारतीयको मुल्य प्रति केजी औसत मुल्य ५७  रुपैयामा कारोबार भइरहेको छ । आलु रातो मुडेको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ५० रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य प्रति केजी  ४९.७५ मा कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा थोरै बढी हो । प्याज सुकेको मुल्य आज घटेको छ हिजो औसत मुल्य ८३ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मुल्य ८२.३३ रुपैँया कायम भएको छ ।

गाजर लोकलको मुल्य बढेको छ ।  हिजो प्रति केजी ९६.६७ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ११० रुपैँया कायम छ ।

बन्दा लोकलको मुल्य घटेको छ हिजो औसत मुल्य ४५ रुपैँया प्रति केजी रहेकोमा आज प्रति केजी ४० रुपैँया भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानीयको मुल्य यथावत   छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी ७५ रुपैँया कायम भएको मा आज प्रति केजी ७५ रुपैँया भएको छ जुन हिजोको मुल्य बराबर हो । काउली ज्यापुको मुल्य घटेको रहेको छ ।  हिजो प्रति केजी औसत मुल्य ९० रुपैँयामा कारोबार भएकोमा आज घटेर  ८५ रुपैँया प्रतिकेजी पुगेको छ जुन हिजोको मुल्यमा ५.५६ प्रतिसत कम हो ।

मुला सेतो हाइब्रिडको मुल्य घटेको  छ । हिजो प्रति केजी औसत मुल्य २८ रुपैँया कायम भएको मुला हाइब्रिड आज प्रति केजी औसत मुल्य २७.६७  पुगेको छ जुन हिजोको तुलनामा १.१९ प्रतिसत कम  हो ।

मुला लोकल मुल्य १ रुपैँयाले घटेको छ । हिजो प्रति केजी औसत मुल्य २३.३३ रुपैँया कायम भएको मुला लोकल आज प्रति केजी औसत मुल्य २२.३३ नै कायम छ जुन हिजोको मुल्य भन्दा बढी हो ।

भण्टा लाम्चोको मुल्य यथावत छ हिजो प्रति केजी औसत मुल्य ५५ रुपैँया कायम भएकोमा आज  प्रति केजी औसत मुल्य ५५ रहेको  छ । भण्टा डल्लोको मुल्य पनि घटेको छ  । हिजो प्रति केजी ५६ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ५५ रुपैँया रहेको छ  ।

तने बोडिको मुल्य बढेको छ हिजो प्रति केजी औसत मुल्य ६६रुपैँया कायम भएकोमा आज बढेर ७५ रुपैँया प्रति केजी भएको छ जुन हिजोको तुलनामा १३.६४ प्रतिसत बढी हो । घिउ सिमि लोकलको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ७० रुपैँयामा कारोबार भएकोमा आज घटेर  प्रति केजी औसत मुल्य प्रति केजी ६५ रहेको छ । घिउ सिमि राजमाको  मुल्य घटेको  छ ।

तिते करेलाको मुल्य यथावत छ हिजो औसत प्रतिकेजी ५५ रुपैँया रहेकोमा  आज प्रति केजी औसत मुल्य ५५ पुगेको छ जुन हिजोको तुलनामा ० प्रतिशत  हो ।

भटमास कोसाको मूल्य घटेको छ हिजो प्रतिकेजी औसत मूल्य १९० कायम भएकोमा आज घटेर १६० रुपैँया प्रतिकेजी भएको छ । जुन हिजोको तुलनामा १५.७९ प्रतिशत कम हो । घिरौलाको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ४६ भएकोमा आज बढेर प्रति केजी औसत मूल्य ५० रुपैँया पुगेको छ जुन हिजोको तुलनामा ८.७० प्रतिशत बढी हो । रायो सागको मूल्य बढेको छ हिजो प्रति केजी ७३.३३ औसत मूल्य कलायम गरेको रायोको सागले आज प्रति केजी औसत मूल्य ८५ कायम हरेको छ जुन हिजोको तुलनामा १५.९१ प्रतिसत बढी हो ।

कन्य च्याउ प्रति केजी औसत मुल्य घटेको छ हिजो २१६  प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १८६.६८ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रतिकेजी ३३६  मुल्य रहेकोमा आज २९० पुगेको छ जुन हिजोको मुल्यमा १३.६९ प्रतिशत कम हो  । राजा च्याउ को मुल्य यथावत रहेको छ । हिजो प्रति केजी २९० प्रति केजी औसत मुल्य रहेकोमा आज पनि सोहि मुल्य रहेको छ ।

कागतिको मुल्य आज बढेको छ । हिजो प्रतिकेजी औसत मुल्य २२५ कायम भएकोमा आज बढेर पनि २४० कायम भएको छ जुन हिजोको तुलनामा ६.६७ र प्रतिसत वढी हो ।

आँप मालदहको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य १३५ रहेकोमा आज अलिकति घटेर प्रति केजी औसत मुल्य १३३.३३ रहेको छ । आँप दसहरीको मुल्य घटेको छ ।  हिजो औसत मुल्य १४५ कायम भएकोमा आज औसत मुल्य १४० प्रति केजी भएको छ ।

कुरिलोको मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मुल्य ३२५  रुपैँया कायम भएको कुरीलो आज प्रति केजी औसत मुल्य ३२६.६८ रहेको छ जुन हिजोको मूल्यमा सामान्य बृदी  हो  ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आजको मुल्य सूची

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार