काठमाडौं ।अमेरिकी डलरको मूल्यले आज साउन १३ गते नयाँ कीर्तिमानी कायम गरेको छ । योसँगै नेपाली मुद्रा पनि इतिहासकै कमजोर बनेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दररेटअनुसार १ अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ र बिक्रीदर १३४.२७ रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।
यसअघि गत साउन १० गते १ अमेरिकी डलरको खरिददर १३३.६६ रुपैयाँ र बिक्रीदर १३४.२६ रुपैयाँ कायम भएको थियो । जुन हालसम्मकै उच्च थियो।
डलरको भाउ बढ्दा मुलुकको व्यापार घाटा झन् बढ्न सक्छ। किनकि नेपालको निर्यातभन्दा आयात धेरै हुने गरेको छ। अर्कोतर्फ डलरकोमन मूल्य बढ्दा बिप्रेशण पठाउने बैदेशिक रोजगारमा रहेका नागरिकलाई फाइदा पुग्नेछ ।