काठमाडौं । आइएमई लिमिटेड र जिएमई रेमिट प्रालिले साउन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । जिएमई रेमिटलाई गाभेर ‘आइएमई लिमिटेड’ को नामबाट दुवै कम्पनीले एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
गत जेठ ९ गते सम्पन्न दुईवटै कम्पनीको विशेष साधारण सभाले एकआपसमा गाभ्ने विशेष प्रस्ताव पारित गरेका थिए ।
यी दुवै कम्पनीलाई नेपाल राष्ट्र बैंकले साउन २ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले साउन ४ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।