उद्योगी व्यवसायीको हकहितका लागि प्रदेश सरकार सकारात्मक छ: मुख्यमन्त्री सिंह

काठमाडौं । जनकपुर उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

मुख्यमन्त्री सिंहले मधेशमा बेरोजगारी अत्यधिक रहेको उल्लेख गर्दै यसलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको बताए । मधेशमा स्थापना भएका उद्योगमा स्थानीयले रोजगारी नपाएको भन्दै उनले त्यसतर्फ ध्यान दिन उद्योगी व्यवसायीलाई आग्रह गरे । धनुषा र सिरहामा कमला नदीको बगर क्षेत्रमा खेतीपाती गरी रोजगारी सिर्जना गर्ने प्रदेश सरकारको योजना रहेको उनको भनाइ थियो ।

उद्योगी व्यवसायीको हकहितका लागि प्रदेश सरकार सकारात्मक रहेको उनले बताए । कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादव, जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठ, जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलगायतको उपस्थिति रहेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार