कुन भिसामा गए ५०० नेपाली अमेरिका ?

काठमाडौं । विश्व कै आर्कषक गन्तव्य मानिएको अमेरिकामा नेपालीहरु काम गर्न गएका छन् । सरकारले श्रम स्वीकृति दिएर करिब ५ सय जना नेपाली नागरिक काम गर्नका लागि अमेरिका गएका हुन् । ३६७ जना पुरुष र ९१ जना महिला गरी कुल ४५८ जना नेपाली नागरिकलाई अमेरिकामा काम गर्न जानका लागि वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेको इक्विटी नेपाललाई जानकारी दिएको छ । विभागका अनुसार उनीहरु गत आर्थिक वर्षमा कामदार भिसामा अमेरिका गएका हुन् ।

नयाँ र श्रम स्वीकृति नविकरण गरी उनीहरुलाई अमेरिकामा काम गर्नका लागि अनुमति दिइएको विभागका सूचना अधिकारी गुरुदत सुवेदीले इक्विटी नेपाललाई बताए । हरेक वर्ष करिब २०० देखि ६०० जनासम्म काम गर्नका लागि अमेरिकी जाने गरेको उनले बताए । आर्थिक वर्ष २०७९÷८० मा अमेरिका काम गर्न जानका लागि ३९९ जनालाई श्रम स्वीकृति दिइएको छ । जसमा ३२४ जना पुरुष र ७५ जना महिला रहेका छन् । उनीहरु कामदार भिसामा अमेरिका जाने गरेको विभागका अधिकारीहरुको भनाई रहेको छ । संस्थागत श्रम स्वीकृतिको व्यवस्था नहुदाँ व्यक्तिहरु स्वयं अर्थात् व्यक्तिगत प्रयासमा अमेरिका काम गर्न जानका लागि श्रम स्वीकृति लिएका हुन् सूचना अधिकारी सुवेदीले भने ।
अमेरिका र युरोपका कतिपय मुलुकहरुमा काम गर्न जान पाउने व्यवस्था गरिएको छन् तर नेपालीहरु ती मुलुकमा काम गर्न जाने गरेका छन् । नेपालीहरु त्यसरी त्यहाँ पुग्नमा व्यक्तिगत रुपमा श्रम स्वीकृति ल्याए काम गर्न जाने गरेका हुन् ।

कसरी लिने भिसा
भिसा विवरण र योग्यता
विशेष पेशा एच वान (१) बि
तपाईँ संयुक्त राज्य अमेरिका जानु पूर्व नै मिलाइएको व्यावसायिक रोजगारमा काम गर्न जादैँ हुनुहुन्छ भने, तपाईँलाई एच १बि भिसाको आवश्यकता पर्छ । योग्य हुनका लागि जुन विषय सम्बन्धि काम खोज्नु भएको छ, त्यसैको विशिष्ट विशेषता भएको विषयमा स्नातक वा उच्च डिग्री (वा समानान्तर डिग्री) प्राप्त गरेको हुनु पर्छ। यूएससिआइएसले तपाईंको काम विशेष पेशा अन्तर्गत पर्छ÷पर्दैन र त्यो काम गर्न योग्य हुनुहुन्छ÷हुनुहुन्न भन्ने तय गर्दछ। तपाईंको रोजगारदाताले, तपाईँको रोजगारी अनुबन्धनको नियम र शर्तहरुको सम्बन्धमा श्रम विभाग अन्तर्गत श्रम अवस्था आवेदन गर्नु आवश्यक छ।

एच वान (१) बि वान (१) सन्धि–आधारित अस्थायी कार्य भिसाहरू
चिली र सिंगापुरसँग हस्ताक्षर गरिएका अन्तर्राष्ट्रिय सम्झौताले चिली र सिंगापुरका नागरिकहरूलाई केही परिस्थितिमा संयुक्त राज्यमा अस्थायी रूपमा काम गर्न अनुमति दिन्छ। केवल चिली र सिंगापुरका नागरिकहरू मुख्य आवेदक हुन योग्य हुन्छन्, यद्यपि उनीहरूका श्रीमती र छोराछोरी अन्य देशहरूको नागरिक हुन सक्छन्।

एच वान (१) बि वान (१) भिसाका आवेदकहरुसँग पहिले नै संयुक्त राज्यमा आफूले चुनेको क्षेत्रमा रोजगारीको प्रस्ताव हुनु पर्दछ, तर रोजगारदाताले गैरआवासीय कर्मचारीका लागि फारम वान टु नाइन मा फाइल गर्न आवश्यक छैन, र आवेदकलाई भिसा आवेदन पेश गर्नु अघि स्वीकृतिको सूचना फारम वान सेभन नाइन सेभन प्राप्त गर्नु पनि आवश्यक पर्दैन। तथापि, भिसाको लागि आवेदन गर्नु अघि आवेदक द्वारा श्रम विभागसँग विदेशी श्रम प्रमाणिकरणका लागि फाइल आवेदन गर्न आवश्यक छ।

एच टु ए (मौसमी कृषि श्रमिकहरु)
एउटा एच टु ए भिसाले अमेरिकी रोजगारदातालाई अमेरिकी कामदारहरू उपलब्ध नभएकाले अस्थायी कृषि श्रमिकका रुपमा विदेशी नागरिकहरुलाई संयुक्त राज्य अमेरिकामा ल्याउने अनुमति दिन्छ। यदि तपाईँ कृषि श्रम वा अस्थायी जागिर वा मौसमी प्रकृतिका कृषि कार्य गर्न चाहनुहुन्छ भने एच टु ए गैर आप्रवासी वर्गको भिसा लागू हुन्छ । अमेरिकी रोजगारदाताले (वा संयुक्त रोजगारदाताको नाउँमा अमेरिकी कृषि उत्पादकहरुको एउटा संघ) ले तपाईंको तर्फबाट, फारम आइ वान ट्वान्टी नाइन , गैर आप्रवासी कामदार याचिका फाइल गर्नुपर्छ ।

एच टु बि भिसा (दक्ष र अदक्ष कामदार)
अमेरिकी कामदारहरूको कमी रहेको अवस्थामा, अस्थायी वा मौसमी प्रकारको काम गर्न संयुक्त राज्य अमेरिका जान चाहनु हुन्छ भने यो भिसा आवश्यक छ। तपाईंको रोजगारदाताले तपाईंले निवेदन गर्नु भएको रोजगारको लागि कुनै योग्य अमेरिकी कामदार नपाएको पुष्टि गर्दै श्रम विभागको प्रमाणीकरण प्राप्त गर्न आवश्यक छ।

एच थ्री (प्रशिक्षार्थी)
तपाईं दुई वर्षसम्मको अवधिको लागि स्नातक शिक्षा वा प्रशिक्षण वाहेक कुनै पनि क्षेत्रमा रोजगारदाताबाट प्रशिक्षण प्राप्त गर्न संयुक्त राज्य अमेरिका जानुहुन्छ भने ज्–घ भिसाको आवश्यक पर्छ। तपाईंले आफ्नो प्रशिक्षणको लागि भुक्तानी प्राप्त गर्न सक्नु हुन्छ र “हेन्डस् अन“ काम अधिकृत गरिन्छ। प्रशिक्षण फलदायी रोजगारी उपलब्ध गराउन प्रयोग गर्न सकिँदैन र तपाईंको आफ्नो देशमा उपलब्ध हुन सक्दैन।

एच फोर (आश्रित)
यदि तपाईं वैध ज् भिसाको प्रमुख धारक हुनुहुन्छ भने, तपाईंको पति वा पत्नी (द्दज्ञ वर्ष मुनिका) अविवाहित बच्चाहरुले संयुक्त राज्य अमेरिकामा तपाईंसंग जानका लागि एच फोर भिसा प्राप्त गर्न सक्छन्। तर, तपाईंका पति÷पत्नि वा बच्चाहरुलाई संयुक्त राज्य अमेरिकामा काम गर्न अनुमति छैन।

एल वान (अन्तर–कम्पनी स्थानान्तरण)
यदि तपाईं अन्तर्राष्ट्रिय कम्पनीको कर्मचारी हुनुहुन्छ भने र तपाईंलाई अस्थायी रूपमा संयुक्त राज्य अमेरिकामा नै भएको कम्पनीको मुख्य कार्यलयमा, सम्बद्ध, वा सहायक कार्यलयमा सरुवा गरिएको छ भने एल वान भिसा आवश्यक छ। अन्तरराष्ट्रिय कम्पनी अमेरिकी वा विदेशी संगठन हुन सक्छ।
एल वान भिसाको लागि योग्य हुन तपाईं प्रबन्धक वा कार्यकारी तहमा हुनुपर्छ, वा यस्ता कुनैमा विशेष ज्ञान भएको र अमेरिकी कम्पनी भित्र एउटा पदले सुशोभित हुनुपर्छ। यदपी, यस्ता पदहरुमा पहिले कार्यरत हुनैपर्छ भन्ने चाहिं जरुरी छैन। साथै, तपाईंलाई संयुक्त राज्य अमेरिकामा प्रवेशको लागि आफ्नो आवेदन गरेका अघिल्लो तीन वर्ष भित्रमा कम्तिमा एक वर्षको लागि संयुक्त राज्य अमेरिका भन्दा बाहिर रहेर अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत हुनुपर्छ। अमेरिकी कम्पनी वा सम्बद्ध कम्पनीले तपाईंको लागि ‘युएसआइसी ’बाट एकमुष्ठ वा व्यक्तिगत आधारमा अनुमोदित याचिका प्राप्त गरेपछि मात्र, तपाईँले एल वान भिसाको लागि आवेदन गर्न सक्नुहुन्छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार