CLI

१९ मध्ये १८ वाणिज्य बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति पछिको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई पटक सर्किट लागेको छ। पहिलो सर्किट कारोबार सुरु भएको पहिलो मिनेटमै लागेको थियो। दोस्रो सर्किट पछि भने बजार केही तल आएको थियो। आज नेप्से ११३.४२ अंकले बढेर २६८१.५६ अंक विन्दुमा आएर बन्द भएको छ।

नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंक मध्ये १८ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीई बैंक, सानिमा बैंक, एनएमबि बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, एभरेष्ट बैंक, लक्ष्मी सन्राइज बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक, हिमालयन बैंक, माच्छापुच्छ«े बैंक, सिद्धार्थ बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको छ।

आज नेपाल स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयर मूल्यमा मात्र सकारात्मक सर्किट लागेको छैन ।  नेपाल स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयर मूल्य भने ८.३० प्रतिशतले बढेर ७१८ रुपैयाँ पुगेको छ।

Leave Your Comment

Related News