महिन्द्राको नयाँ ईभी बीई.०५ आउँदै, रेञ्ज करिब ४५० किलोमिटर

काठमाडौं । महिन्द्राले भारतीय बजारमा नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारी गरेको छ। महिन्द्राको आगामी बीई.०५ इलेक्ट्रिक कार बेंगलुरुमा टेस्टिङको क्रममा देखिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

पछिल्लो समय भारतीय बजारमा इलेक्ट्रिक सवारी प्रति आकर्षण बढ्दो क्रममा छ। यस्तोमा विभिन्न ब्राण्डले भारतीय बजारलाई लक्षित गर्दै इलेक्ट्रिक सेगमेन्टमा नयाँ कार लन्च गरिरहेका छन्।

कम्पनीले इलेक्ट्रिक एसयूभी महिन्द्रा बीई.०५ बजारमा ल्याउन तयारी तीब्र पारिरहेको छ।

महिन्द्रा बीई.०५ इलेक्ट्रिकको विशेषताः कराको इन्टिरियरमा ठूलो डुअल स्क्रीन दिइएको छ। यसमा स्क्रीन इन्फोटेनमेन्ट सिस्टम र रेञ्ज डिस्प्ले हुन्छ। नयाँ कारमा टू–स्पोक स्टेयरिङ ह्वील हुनेछ। स्टेयरिङ ह्वीलको बीचमा बई लोगो दिइएको छ। बीई.५ को डिजाइर कन्सेप्ट भर्जनको जस्तै छ। यसको फ्रन्ट साइड प्रोफाइल थोरै सार्ट र बोनट एरिया चुच्चो छ। यसमा एलईडी डीआरएल र स्लिम बम्पर दिइएको छ।
कारमा रियर स्पोइलर दिइएको छ। कार लामो र ग्राउण्ड क्लियरियन्स पनि धेरै भएको टेस्टको क्रममा देखिए छ।

पावर र ब्याट्रीः रिपोर्टका अनुसार महिन्द्रा बीई.५ कार ६० किलोवाट पावरको ब्याट्री प्याकमा उपलब्ध हुनेछ। यसको रेञ्ज करिब ४५० किलोमिटर हुने विश्वास गरिएको छ। कारलाई फास्ट चार्जरको मद्दतबाट ३० मिनेटमा ५ देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

महिन्द्रा बीई.५ कम्पनीको स्पेशल ईभी–आईएनजीएल प्लेटफर्ममा तयारी गरिनेछ। जसले फ्रन्ट, रियर र अलह्वील ड्राइभट्रेन सपोर्ट गर्नेछ। महिन्द्रका अनुसार यसको रियर ह्वील ड्राइभ मोडल २८५ बीएचपीको पावर र अल ह्वील ड्राइभ भेरियन्ट ३९४ बीएचपीको पावर जेनरेट गर्न सक्छ।

रिपोर्टका अनुसार महिन्द्रा बीई.५ भारतमा अक्टूबर २०२५ सम्म लन्च गर्ने सम्भावना छ। नयाँ कार शुरुवाती मूल्य २५ लाख भारु (एक्स-शोरुम) मा उपलब्ध हुने अपेक्षा गरिएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार