CLI

लघुवित्तमा जम्मा भएको रकम मोबाइल बैंकिङ/एसएमएस बैंकिङ मार्फत ग्राहकलाई जानकारी गराउनु पर्ने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले ग्राहकको खातामा जम्मा भएको रकम मोबाइल बैंकिङ/एसएमएस बैंकिङ जानकारी गराउनु पर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

यस अघि ग्राहकले नगद वा चेकबाट खातामा रकम जम्मा गर्दा सोको सिस्टम प्रिन्टेड प्रमाण भौचरमा अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था थियो।

अहिले केन्द्रिय बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै हाल विधमान व्यवस्थामा बैंकिङ/एसएमएस बैंकिङ मार्फत जानकारी दिने र/ वा पासबुकमा यथाशीघ्र अद्यावधिक गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो।

यस्तै लघुवित्त संस्थाका सदस्यहरूले पारिवारको जमानीमा पनि कर्जा दिन सक्ने व्यवस्था गरिएको छ । परिपत्र अनुासार प्रति परिवार २५ हजार रुपैयाँसम्म पारिवारिक जमानीमा कर्जा लिन सकिने व्यवस्था गरिएको छ ।

विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामुहिक जमानीमा लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुला प्रति समूह सदस्य बढीमा ५ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सकिनेछ ।

विगत दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यको हकमा ७ लाख रुपैयाँ सीमा कायम गरिएको छ,’ परिपत्रमा भनिएको छ । तर, प्रतिपरिवार २५ हजार रुपैयाँसम्मको कर्जा पारिवारिक जमानीमा मात्र समेत प्रदान गर्नसकिने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

राष्ट्र बैंकले बिना धितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्ने व्यवस्था पनि गरेको छ ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन् । यस प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए/नलिएको यकिन गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

राष्ट्र बैंकले लघुवित्तका कर्मचारी छनोट, सरुवा, बढुवा, पदस्थापन तथा मुल्यांकनमा कडाइ नीति अघि सारेको छ । संस्थाको शाखा व्यवस्थापक वा सोभन्दा माथि को कर्मचारी भर्ना गर्दा उक्त कर्मचारीको विगतको पृष्ठभूमि विश्लेषण गरेर मात्र नियुक्त गर्नुपर्ने तथा निश्चित तालिम एवं कार्यानुभवका आधारमा मात्र पदोन्नति र जिम्मेवारी दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

संस्थाले नो युओर ईप्लोई को प्रयोग सम्बन्धी व्यवस्था गर्नुपर्ने, कर्मचारीको छनौट, सरुवा, बढुवा तथा पदस्थापन गर्दा तालिम लगायत सम्बन्धित सर्टिफिकेशन कोर्स लिएको भए त्यस्तो विशेष योग्यतालाई समेत आधारको रुपमा लिनु पर्ने र संस्थाले व्यवस्थापकीय तहका कर्मचारीहरूलाई स्पष्ट कार्यविवरण उपलब्ध गराउनुपर्ने र त्यसको मूल्याङ्कन समय समयमा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

लघुवित्तले नाफाको निश्चित रकम ग्राहक संरक्षण कोषमा राख्नु पर्नेछ । अब लघुवित्त कम्पनीहरूले २०८२ असारमा ग्राहक संरक्षण कोषमा नाफाको १.५ प्रतिशत, २०८३ असार हुने नाफापछि २ प्रतिशत राख्नु पर्ने छ भने २०८४ मा नाफाको ३ प्रतिशत रकम राख्नु पर्नेछ ।

वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोषमा राख्नुपर्ने हालको व्यवस्था कायमै छ ।

 

Leave Your Comment

Related News